![](https://newsofnepal.com/wp-content/uploads/2018/07/pp-12.jpg)
यमलाल भुसाल, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिदै गरेको नगद १ लाख सहित सडक आयोजनाका सव ईन्जिनियरलाई पक्राउ गरेको छ ।
गुल्मी जिल्लाको तम्घास, सिमलटारी प्युठान सडक आयोजनाका सव ईन्जिनियर प्रकाश झालाई शनिवार विहान उहाँकै निवाष तम्घासवाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक दिनेश आचार्यका अनुसार सव ईन्जिनिय झाले सेवाग्राहीसँग निर्माणकार्यको रनि विल पास गरेवाफत कमिशनको रकम घुष लिदै गर्दा रग्गेहात पक्राउ गरिएको बताउनु भयो । झालाई पक्राउ गर्न बुटवलवाट टोली अटाईएको थियो ।
पक्राउ परेका झालाई गुल्मीवाट बुटवल ल्याउदै गरिएको छ भने थफ अनुसन्धान गरिने बताईएको छ ।