निश्चल र स्वस्तिमा दम्पती भिडियोमा


अभिनेता तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको दम्पतीद्वारा अभिनित नाच फिरिरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

विभिन्न समयमा यो जोडी एकसाथ फिल्मको पर्दामा आउने विषयमा चर्चा हुने गरे पनि यो दम्पती भने पहिलोपटक म्युजिक भिडियोमा एकसाथ देखिएका हुन्। जी–२१ डिजिटलको प्रस्तुति रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ। महेश काफ्लेको शब्द संगीत रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका छन्। पोखरा आसपासका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफंैले निर्देशन गरेका छन्। भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर गरिएका छन्।