त्रिशुली नदीमा कार खस्दा एकको मृत्यु


नेपाल समाचारपत्र, धादिङ ।
पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका वडा न. ६, जरे स्थित सडकबाट एउटा कार शुक्रबार त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेको खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाउव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो ।
त्रिशुलीमा खसेका उनलाई नेपाली सेनाले उद्धार गरी गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन् । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् ।

तीब्र गतिका कारण अनियन्त्रित भई त्रिशुली नदिमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।