विन लादेनका अङ्गरक्षकको रिहाई


ट्युनिसिया ।
ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ ।
विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला गरेपछि ट्युनिसियामा पक्राउ गरिएको थियो ।
इदाउदी शुक्रबार फैसलाका लागि अदालतमा उपस्थित गराइएको थियो । उहाँविरुद्ध कुनै पनि आरोप दर्ता नभएकाले अदालतले चाहेको अवस्थामा हाजिर हुने शर्तमा रिहाईका लागि फैसला दिइएको छ, ट्युनिसियाली उच्च अदालतका प्रवक्ता सोफेनी स्लिटीले एएफपीलाई बताउनुभयो ।
इदाउदीविरुद्ध आतङ्कवादविरोधी निकायले अनुसन्धान भने जारी रहेको प्रवक्ताले बताउनुभयो ।
रासस