काकाद्धारा भतिजीको बलात्कार गरी हत्या गरेको खुलाशा


शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा आफ्नै बहीनीलाई बलात्कार गरी हत्या गरेको घट्ना सेलाउन नपाउँदै पुनः त्यस्तै प्रकृतिको घट््ना जिल्लाको कंचनरुप नगरपालिकामा भएको छ । फरक यतिमात्र छ । खडक नगरपालिकामा २२ वर्षिय दाजुले १२ वर्षिया बैनीको बलात्कार गरी हत्या गरेका थिए भने कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई विगत एक महिना देखी बलात्कार गरिरहेको खुलेको छ । पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडीत बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो ।
कंचनरुप नगरपालिका–८ की पिडीत बालिकाको धरान स्थित विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ परिक्षण गराई शुक्रवार घर ल्याईएको छ । पिडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफनै काका २५ वर्षिय गजेन्द्र साह सोनारले जबरजस्ती करण्ी गरेको उजुरीका आधारमा मुदा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरिक्षक प्रतिक विष्टले बताए । प्राप्त घटना विवरण अनुसार आमाबुवा दिनभर ब्यापार व्यवसायको शिलसिलामा कंचनरुप स्थित हाटबजारमा जाने गर्थे । यो उनीहरुको दैनिकी थियो । यसरी दिनभर बजार रहदा ७ वर्षिया छोरी घरमा एक्लै रहने भएकाले सुरक्षा र संरक्षणका लागी बुवा साहले आफनै सहोदर भाई गजेन्द्रलाई रेखदेख गर्न जिम्मेवारी दिएका थिए । सहोदर भाई भएकाले आफनो अनुपस्थितीमा छोरीको सुरक्षा हुने उनको विश्वास थियो । तर विश्वासघात भयो ।

विगत एक महिना देखी काका गजेन्द्रले कहिले चकलेट विष्कुट त कहिले डर त्रास देखाएर कुकृत्य गर्ने गरेको बालिकाले बताए पछि आमाबुवाको होस हवास उडयो । पछिल्लो पटक मंगलवार पनि काका गजेन्द्रले मुख थुनेर जबरजस्ती करणी गरेको बालिका साहले आफनी आमालाई सुनाएकी थिइन । डरले विगत एक महिना देखी सहेर वसेपनि निरन्तरको पिडा सहन नसकेपछि पछिल्लो घटना भने उनले आमालाई सुनाइएकी हुन ।

पिडीत पक्षको उजुरीको आधारमा पिडक विरुद्ध जबरजस्ती करणी हाडनाता उधोगमा मुदा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरक्षिक विष्टले बताए । घटना सार्वजनिक भए लगतै फरार भएका पिडक गजेन्द्रको खोजी कार्य तिब्र बनाइएको उनले बताए । गत २५ माघमा पनि जिल्लाको खडग नगरपालिका ९ लालपट्टी घर भएकी ११ वर्षीया पावर्ती मंडललाई उनकै काकाका छोरा १९ वर्षिय राजदेव मंडलले बलात्कार पछि हत्या गरेका थिए । मंडल हाल राजविराज कारागारमा छन । जिल्ला प्रहरी कार्यांलयका अनुसार १ वर्षको अवधीमा जबरजस्ती करणीका २२ वटा मुदा दर्ता भएका छन् । जसमा २० आरोपी पक्राउ परेका ्छन भने ११ जना फरार छन । यस्तै बलात्कारका ८ घट्नामा आफन्तकै संल्नगता देखीएको छ भने बाकी छिमेकी र चिनजानको व्यक्ती तथा न्युन घट्नामा अपरिचीत व्यक्तीको संल्ग्नता देखीएको छ । बलात्कार हुनेमा ६ देखी १६ वर्ष उमेर समुहका बालिका बढी छन् ।

जिल्ला प्रहरी कार्यालयले बढदो बलात्कार घट्नालाईै मध्यनजर गर्दै सामुदायीक चेतना अ्िभयान पनि संचालन गरेको छ । जसकारण बलात्कारका घट्ना केही न्युनीकरण भए पनि पुर्ण नियन्त्रण भने हुन सकेको छैन ।
प्रहरी उपरिक्षक मुकेश सिहले यस्ता घट्ना रोक्न सुरक्षा ब्यवस्था चुस्त र प्रहरी परिचालन ब्यापक बनाइएको बताए । उनले भने–यसले मात्र समस्या समाधान सहज देखीदैन, समाजिक विकृतिका रुपमा रहे्का यस्ता समस्या प्रति जनस्तरबाटै गम्भीर चिन्ता र चासो जरुरी छ । सबै पक्षको सहयोगको उतिकै खाँचो छ ।