पोखरीमा डुबेर दुई बालकको मृत्यु


सञ्जय कार्की, रौतहट ।
रौतहटमा एक नगरपालिकाको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवाबिजयपुर नगरपालिका–४ टेङ्ग्राहा निबासी ६ बर्षिय रोशन कुमार यादब र ४ बर्षिय कुन्दन कुमार यादब रहेका छन । घर भन्दा २ सय मिटर पर रहेको छिमेकी प्रायश राय यादबको पोखरीमा डुबेर ती दुबै बालकको मृत्यु ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाले जनाएको छ ।

अभिभाबक घरमा नभएको अबस्थामा खेल्दै पोखरीमा पुगेका ती दुबै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ एक साता अघि मात्रै रौतहट र सर्लाहीको सिमा भएर बाग्मती नदिमा डुबरे सर्लाहीको लालबन्दि नगरपालिका–१७ रानीगञ्ज निबासी २२ बर्षिय सञ्जय बस्नेत र २२ बर्षिय राजेश ब्लोनको मृत्यु भएको थियो । गर्मी याम लागेपछि नदि नाला र पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढेको पाइएको छ ।