हत्याको बिरोधले उग्ररुप लिदै, एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार


हरकसिह धामी, कञ्चनपुर ।
भिमदत्त नगरपालीका वडा नं. २ की निर्मला पन्तको हत्याको बिरोधमा आन्दोलन चलिरहेको छ । महेन्द्रनगर बजारमा नारा बाजी गर्दै बजार परिक्रमा गर्दै हत्याको बिरोध गरेका छन । दोषी पत्ता लगाई कारवाई गर्नुपर्ने र सुरक्षाको लागि त्यस ठाउँ नजिक प्रहरी चौकीको स्थापना हुनुपर्ने माग राख्दै  स्थानीय बासिन्दाले आन्दोलन गरेका छन ।

शवलाई पोस्टमाटका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । विहिबार बिहान ११ बजे साथिको घर साथिसँगै पढ्न हिडेकी १३ वर्षीय निर्मला पन्तको शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । हत्याराको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा परी नेपाल प्रहरीका हल्दार केशवदत्त भट्ट र प्रहरी जवान दानसिंह धामी घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी माथि ढुगां प्रहार गर्ने ५ महिला र १ जना पुरुष प्रक्राउ गरेको छ । आन्दोलनकारीहरुले बजारमा तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले एक दर्जन भन्दा बढी राउण्ड अश्रु ग्यास फायर गरेको हो । कञ्चनपुरमा बलात्कार गरी हत्या गर्ने क्रम बढेको देखिन्छ । गत असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी १७ बर्षिय कविता विष्टको पनि बलात्कार गरी हत्या गरीएको थियो ।