हतियारसहित भारतीय नागरिक पक्राउ


नेपाल समाचारपत्र, महोत्तरी ।
प्रहरीले हतियारसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत सितामढी बथनाहा महुअवाग्राम–५ मा बस्ने १८ वर्षीय जितेन्द्रकुमार रायलाई पेस्तोल र तीन थान गोलीसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

रायलाई सम्सी गाउँपालिका–२ स्थित सम्सी बजार हुँदै पर्सागाउँ जाने कच्ची सडकबाट हतियारसहित पक्राउ गरिएको प्रहरी जनाएको छ ।