सिद्धार्थ राजमार्ग लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्ट बन्दै


अमृत अर्याल, स्याङ्जा ।
सिद्धार्थ राजमार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने क्रम बढेको छ । वडा प्रहरी कार्यालय वालिङले दुई जना लागु औषध सेवन सहित ओसारपसार गरेको अभियोगमा पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीको नियमित गस्तिको टोलीले चेकजाँच गर्ने क्रममा वालिङ ६ कालीमाटी बाट प्रहरीले ति यूवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला मादी गाँउपालिका ३ बस्ने बर्ष २८ को श्रीलाल विक र पोखरा महानगरपालिका ६ बस्ने बर्ष २३ को अर्जुन विक रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर आचार्यले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट २५ थान नोफिन, २५ थान डाईजेपाम र फेर्नागन २५ थान गरी ७५ थान एम्पुल लागुऔषध फेला पारेको छ ।

हिजोआज धेरैको व्यावसाय नै लागुऔषध ओसारपसार भएको छ । सिद्धार्थ राजमार्ग प्रयोग गरि सुनौली देखि पोखरा लागुऔषध ओसापसार हुदै आएको छ । लागुऔषध ओसारपासारको ट्रान्जिट प्वाईन्टको रुपमा सिद्धार्थ राजमार्ग बढी प्रयोग भएको प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले राजमार्गमा चेकजाँचलाई कडाई पार्दै आएको छ । नियन्त्रणमा लिईएका दुई जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरिक्षक आचार्यले जानकारी दिनुभयो । लागुऔषध न्युनिकरण गर्न प्रहरीले विशेष योजना सहित अगाडी बढ्न लागेको आचार्यको भनाई छ । यस भन्दा अगाडी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फेदीखोला गाँउपालिका ४ का विश्वास गुरुङको साथबाट २८८ थान एम्पुल लागुऔषध नियन्त्रणमा लिएर कारवाहि अगाडी बढाएको छ ।