ठगी मुद्दाका फरार प्रतिबादीहरु पक्राउ


नेपाल समाचारपत्र, काठमाडौँ ।
जरिवाना र एक वर्ष ६ महिना कैद ठहर भई सजाए नभोगि फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ स्थित ताहाचल बस्ने रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई पुनः पक्राउ गरेको हो ।

साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडका लेखा समिति सदस्य समेत रहेका उनीहरुले आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताहरुबाट चार करोड सत्र लाख रुपैया ठगी गरेका थिए । प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौंबाट पक्राउ गरी जगन्नाथदेवल कारागार पठाएको छ ।