चोभार मञ्जुश्री धार्मिक तथा साँस्कृतिक महोत्सव हुने


नेपाल समाचारपत्र,काठमाडौँ ।
कीर्तिपुर स्थित चोभारमा ‘चोभार मञ्जुश्री धार्मिक तथा साँस्कृतिक महोत्सव–२०७५’ हुने भएको छ । यहि श्रावण १२ गते शनिवार देखि शुरु हुने कार्यक्रममा मोटरसाईकल ¥याली तथा मञ्जुश्री प्रतिमा निर्माण स्थलको अवलोकन हुने बताइृएको छ । यस्तैै पाँच दिनसम्म चल्ने कार्यक्रममा शोभा कलश यात्रा, समुद्घाटन एवम् पुर्वाङ्ग योग शिविर, मण्डप पुजा, भागवत पाठपारायण, संगीतमय कथा वाचन, अतिथी सम्मान कार्यक्रम, आरती पुष्पाञ्जली प्रसाद वितरण कार्यक्रम , लाखबत्ती र दीप प्रज्वलन, विशेष पुजा, ब्रतवन्ध र चौरासी पूजा लगायतका थुप्रै कार्यक्रमहरु संचालन गरिने आयोजक मञ्जुश्री धार्मिक तथा साँस्कृतिक समितिले जनाएको छ । यसका साथसाथै कार्यक्रमले कीर्तिपुर नगरमा रहेका प्रचुर सम्भावनालाई मध्यनजर गरी यस क्षेत्रमा भएको विभिन्न मौलिक धरोहरहरुलाई उपयोग गरी यसलाई विकास र बृद्घि गर्दै चोभार क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकहरुको गन्तव्य स्थलको साथै धार्मिक, पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्दै यहा“का जनसमुदायहरुको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष टेवा पु¥याउने उद्देश्य राखेको छ ।