अपडेटः त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु,१७ जना घाइते

0
Shares

कृष्ण आचार्य, चितवन ।

चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृतकमध्य पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षिय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का २७ बर्षिय सुमित श्रेष्ठ, तनहु भन्सारकी २७ बर्षिय कमला श्रेष्ठ, काठमाण्डौका ३० बर्षिय रबिन गुरुङ र तनहुं केशवटारका ४० बर्षिय बाबुराम तिवारीको शनाखत भएको छ ।

बालक र एक महिलाको शनाखत हुन बाँकी छ । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो ।

घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर,४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते मध्य ६ जनाको अबस्था गम्भिर छ भने अन्यको सामान्य छ ।

ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।