नेपाल समाचानरपत्र, रसुवा।
÷बुधबार राती रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा गएको पहिरोमा परी मृत्यु ९ जनाको मृत्यु भएको भने १२ जनाको सकुसल उद्धार गरिएको छ ।
पहिरोको कारण बन्द भएको चिनसँग जोडिएको एकमात्र अँर्तरााष्ट्रिय केरुङ नाका शुक्रबार दिउँसोबाट खुलेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । तामाङका अनुसार पहिरोमा परी घाइते भएका १२ जनामध्ये ५ जनालाई चिनियाँ क्याम्पमा उपचारपछि थप उपचारका लागि काठमाडौ पठाइएको लगिएको छ भने ७ जना सामान्य उपचारपछि घर फर्कका छन ।
तामाङका अनुसार पहिरोमा परी मृत्यु हुनेमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का मिङ्मर गोम्बो तामाङ, वडा नम्बर २ का दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ सिमो घले, नुवाकोटकी मिठु नेपाली, नुवाकोटकै शिवपुरी गाउँपालिकाका सुमो चालक विशाल तामाङको शव पुरिएको स्थानबाट निकालिएको छ ।
यस्तै, सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका वडा नम्बर ५ का श्याम श्रेष्ठ, मंगल तामाङ, विक्रम श्रेष्ठ र भोटेकोसी गाउँपालिका वडा नम्बर ४ का सुस खड्का को पनि पहिरोमा पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रसुवाले बताएको छ ।
पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासी सहितको टोली सक्रिय रहेको थियो । हराएकाहरुको खोजीकार्यमा रसुवागढी जलविद्युत् आयोजना र सडक डिभिजन कार्यालयको डोजर र स्काभेक्टर प्रयोग गरी गरिएको थियो । पहिरोमा परी ज्यान गुमाउनेहरू टिमुरेमा व्यापार गर्दै आएका व्यवसायी, कामदार तथा कन्टेनर र सुमोका चालक रहेको बताइएको छ ।
बुधबार बिहान पौने १ बजे अविरल वर्षासँगै आएको पहिरोले टिमुरेस्थित प्रहरी चेक पोस्टसहित चारवटा घर पुरिएको थियो । नेपालबाट चीनको केरुङतर्फ सामान लिन जान लागेका ५ वटा कन्टेनर पनि पहिरोले पुरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । यसैबिच रसुवाका नेता तथा पुर्व सांसद जर्नादन ढकालले पहिरोबाट पिडितहरुलाई राहात वितरण गर्नुभएको छ । काठमाण्डौबाट हेडिकप्टरबाट आएका ढकालले राहात वितरण गरेका हुन ।
बन्द भएको केरुङ नाका सुचारु
बुधबार राती रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा गएको पहिरोले अवरुद भएको चिनसँग सिमा जोडिएको एकमात्र अन्र्तराााष्ट्रिय केरुङ नाका शुक्र्रबार दिउँसोबाट सुचारु भएको छ । पहिरोपछि चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी अवरूद्व भएको छ । स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको टिमुरेमा पहिरो गएको कारण बिहिबार बिहानदेखि सडक अवरुद्ध बनेको थियो । पहिरोले सडक अवरुद्ध हुँदा चीनको केरुङ जाने तयारीमा रहेका तथा काठमाण्डौ जाने तयारीमा रहेका कन्टेनर बीच बाटोमा नै अलपत्र परेका थिए ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । भूकम्पछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाका नियमित रुपमा सञ्चालनमा आएको छ । चीनले अन्तर्रा्ष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।











प्रतिक्रिया