नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले चिकित्सा शिक्षा विधेयकमाथिको विरोधको सूचना फिर्ता लिएका छन्।
डा. गोविन्द केसी अनसनमा रहेका बेला चिकित्सा शिक्षा अध्यादेश विपरित सरकारले नयाँ विधेयक अगाडि बढाएको विरोधमा थापाले सदनमा विरोधको सूचना दिएका थिए। थापाले सरकार र डा. केसीबीच भएको सहमतिको स्वागत गर्दै वार्ता भाँड्ने षड्यन्त्र भयो भनेर चर्चा गरिएको कुरा आफुलाई गर्नु नभएको बताए ।
उनले भने, ‘विधेयक फिर्ता लिने अडान छाड्नुस्, कन्टेन्टमा छलफल गर्नुहोस्, सम्झौतामा पुग्नुहोस् भन्ने पहिलो व्यक्ति म हुँ।‘ उनले आफूले विगतदेखि नै केसी ‘जोगी’ रहेको र कसैको झोला बोक्ने मान्छे नभएको बताउँदै आएको उल्लेख गरे। उनले पटक पटक एउटै व्यक्ति अनसन बस्नुपर्ने लाजको विषय भएको बताए।
उनले आफूले राखेको विरोधको सूचना भन्दा परिस्थिति फेरिएकाले सूचना फिर्ता लिने बताए ।
अन्तमा उनले सरकारलाई विश्वास गरी, सिङ्गो संसदलाई विश्वास गर्दै सहमतिका विषय राष्ट्रिय चिकित्सा शिक्षाको अंग बन्ने विश्वास जनाउँदै विरोधको सूचना फिर्ता लिएको घोषणा गरेका छन् ।











प्रतिक्रिया