नेपाल समाचारपत्र, काठमाडौं, त्रिशुली नदीमा बस खसेको छ। काठमाडौं पोखरा जादै गरेको ना ६ ख २५०६ नम्बरको बस फिस्लिङ सडकबाट १ सय मिटर तल खसेको हो।
बसमा सवार २५ जना यात्रु गम्भीर घाइते भएको र उनीहरुको उद्धार गरिएको छ। गाडीमा ३० जनाभन्दा बढी यात्रु भएको प्रहरीले जनाएको छ। ट्राफिक कार्यालय चितवनले ट्रकसँग ठोकिएर दुर्घटना भएको जानकारी दिएको छ ।
वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया