नेपाल समाचारपत्र
काठमाडौं
नेपाली काग्रेसले सरकार विरुद्ध आयोजना गर्ने देशव्यापी विरोध कार्यक्रमलाई प्रभावकारी बनााउन आनतरीक तयारीलाई तिव्रता दिएको छ । पुर्व घोषित कार्यक्रम अनुसार काग्रेसले यहि श्रवाण १५ गते सबै जिल्ला सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गर्दैछ ।
देशव्यापी विरोध प्रदर्शनको लागि काग्रेसले सबै जिल्ला समितिहरुलाई परिचालन गरिसकेको छ । प्रदर्शनमा पार्टीको शसक्त भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थि संघ, नेपाल महिला संघ लगाएत सबै सुभेच्छुक संघसंस्थाबाट प्रतिनिधित्व गराउने गरि तयारी थालेको हो ।
तीनदिन पछि हुने कार्यक्रमलाई प्रभावकारी बनाउन दुईदिन अघि पार्टी कार्यालयमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी पदाधिकारी सहित उपत्यकाका तीन जिल्लाका सभापति तथा भातृ एवं सुभेच्छुक संस्थाका नेतृत्वको विशेष बैठक समेत बसेको थियो ।
डा. गोविन्द केसीको मागलाई सरकारले संवोधन गरेपछि पनि प्रतिपक्षदल नेपाली काग्रेसले अधिनयकवाद उन्मुख सरकार विरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएको छ । काग्रेसले सरकार विरुद्धको आन्दोलनमा पार्टी पंक्ति तथा भातृ एंव सुभेच्छुक संस्था एकतावद्ध ढंगले लाग्ने निर्णय गरेको छ ।
सरकारले वीपी मेमोरियल अस्पतालको जग्गा अन्य संस्थालाई दिने तयारी गरेको भन्दै नेपाली काग्रेसले यसको पनि विरोध गरेको छ ।
हाल तीनसय शैया रहेको सो अस्पतालको ७५ विगाह जमिनमा निकट भविश्यमै १ हजार शैयाको अस्पताल बनाई क्यानसर एकेडमी एण्ड रिसर्च सेन्टरमा परिणत गर्न खोजिएको भन्दै यसका लागि भइरहेको जमिन अपुग भई नवलपरासी जिल्लामा थप करिव २० विघाहा जमिन भोगचलन गरिरहेको काग्रेसले जनाएको छ । अस्पताललाई नै जग्गा अपुग भइरहेको अवस्थामा उल्टै त्यहाँको जग्गा हडपेर दुरुपयोग गर्ने कार्यमा सरकारले सहयोग गर्ने निर्णय गर्न लागेको चर्चाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ छ ।
नेपाल र छिमेकी मुलुक भारतबाट उपचार गराउन आउने सयौं विरामीहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराउन अस्पताललाई सबै किसिमका पूर्वाधार बनाई, सुविधा सम्पन्न र अत्याधुनिक अस्पताल बनाउनु पर्नेमा अस्पतालले भोगचलन गर्दै आएको जग्गा अतिक्रमण गर्ने कार्य कुनै पनि हालतमा नगर्न नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई काग्रेसले सचेत गराएको छ ।











प्रतिक्रिया