अभिनेता मल्ललाई पुत्रशोक

0
Shares

अभिनेता कृष्ण मल्ललाई पुत्रशोक परेको छ। उनको जेष्ठ पुत्र राज मल्लको बुधबार उपचारका क्रममा निधन भएको हो।

पोहोर साल जन्डिसबाट पीडित भएका राज यसपालि पनि जन्डिसको शिकार हुँदा कलेजो सुन्निएको थियो। उनी गत साउन १ गते उपचारका लागि नोबेल अस्पताल सिनामंगलमा भर्ना भएका थिए। परीक्षणका क्रममा पानी कलेजोमा पानी जमेको तथा अल्ट्रा लिभर सिरोसिस देखिएको थियो। उपचारकै क्रममा गत शुक्रबार आईसीयूमा भर्ना गरिएको थियो भने मृगौला पनि समस्या देखिएको थियो। मंगलबार हाइपर समस्यासमेत देखिएपछि र डायलसिस गर्नुपर्ने भए पनि उनलाई पुलचोकस्थित निदान अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार चलाइएको थियो।

उपचारका क्रममा बेहोस भएपछि उनलाई भेन्टिलेटरमा राखिएको तथा कलेजो फेलर, छातीमा निमोनियाका कारण दिमागमा असर परेको परीक्षबाट पत्ता लागेको उनको अभिनेता पिता कृष्ण मल्लले नेपाल समाचारपत्रलाई बताए। उनको बुधबार साँझ ७ बजे निधन भएको थियो। ४१ वर्षीय राजको श्रीमती र एक छोरा छन्। उनको अभिनेतृ तथा कान्छीआमा शर्मिला मल्लसँग पनि आत्मीय सम्बन्ध रहेको थियो।