ब्राइट फ्युचर च्याम्पियन


काठमाडौं, (नेस)
ब्राइट फ्युचरले प्रथम गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको उपाधि बिहीबार जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको फाइनल खेलमा सहारा बोर्डिङ स्कुललाई ३ –२ गोलले हराउँदै ब्राइट फ्युचर विजेता बन्यो ।

टोलीका लागि समर्पण आले मगरले २ र दिवस खड्काले एक गोल गरे । साहाराका लागि अनिश केसी र सुन्दर मगरले एक एक गोल फर्काए । विजेता टोलीले २० हजार र उपविजेताले १० हजार तथा तेस्रो भएको श्री महालक्ष्मी स्कुलले ५ हजार हात पारेका थिए ।

कखरा प्रालिको ब्यबस्थापनमा भएको च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको थियो । च्याम्पियनसिप नकआउट आधारमा खेलाईएको थियो ।