नेपाल समाचारपत्र, काठमाडौं
मन्त्रिपरिषदको विहीबारको बैठकमा कागजको ठाउ“मा म्याकबुक ऐरको प्रयोग गरेर सरकारले कागजरहीत (पेपरलेस) प्रशासनको शुरुवात गरेको छ ।
मन्त्रिपरिषद्को बैठक कागजरहीत बनाउने उद्देश्यअनुरुप उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणालीबाटै सम्पन्न भएको जनाइएको छ । उक्त कार्यालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्नुभएको थियो ।
मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अपनाउने थालेको हो । सोही अनुसार बिहिबारको बैठकमा पहिलोपटक कागज प्रयोग नगरिएको हो ।
प्रधानमन्त्री कार्यालयअनुसार अब सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन्।
यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो।











प्रतिक्रिया