‘केसीसी एक्जिबिसन २०१८’ आयोजना हुुदै


काठमाडौं ।
काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज (केसीसी) ले शनिबार र आइतबार केसीसी एक्जिबिसन २०१८ आयोजना गर्ने भएको छ । इन्नोभेटिभ, ईन्टिग्रेट एण्ड सस्टेन मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रदर्शनीमा उक्त कलेजका विद्यार्थीहरूले आफ्ना नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् भने ईन्जिनियरिङ, निर्माण, उद्योगलगायत विभिन्न क्षेत्रका संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यस सम्बन्धी अन्र्तक्रिया गर्नेछन् ।

प्रदर्शनी कार्यक्रममा सुचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ सम्बन्धी ४५ वटा प्रोजेक्टहरू, ४ वटा फुड स्टल, २ वटा गेम स्टल, साङ्गीतिक कार्यक्रम र दिगो विकासका लागि स्मार्ट सिटी बारे गोष्ठी आयोजना गरिनेछ ।

‘दीगो विकासका लागि स्मार्ट सिटी’ विषयक गोष्ठीमा स्मार्ट सिटी, शहरीकरण, संयुक्त राष्ट्र संघका दिगो विकास लक्ष्यहरु र दिगो विकासका लागि ,सूचना प्रविधि तथा ऊर्जा आदिबारे छलफल गरिनेछ ।

दुई दिनमा २० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा कलेज प्लस (मिनी एमआइएस प्रणाली), लिपि (नेपाली सिक्नका लागि), सुपरवाल (गेम), नेप्से डट टुडे (व्यक्तिगत स्टक विवरण), स्मार्ट स्टिक (दृष्टिविहीनका लागि), पानी सतह मापन, ट्राफिक व्यवस्थापन मोडल, सिङ्गल पोल झोलुङ्गे पुल, हाइड्रलिक पुल, हिल स्टेसन स्लाइडर लगायतका प्रविधिहरु रहेका छन् ।
सोही कार्यक्रममा चर्चित नेपाली गायिका आस्था राउत र हास्य कलाकार जितु नेपालको प्रस्तुति पनि रहनेछ ।