असल छोरा बुहारीलाई सम्मान, खराब छोरा बुहारीलाई सजाय


हरकसिंह धामी, कञ्चनपुर ।
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको तेस्रो वार्षिक साधारण सभा बाट जयानन्द बडुको अध्यक्षतामा १५ सदस्यि नगर समिति गठन भएको छ ।
जसमा उपाध्यक्ष अशोक महरा, सचिव चुणामणि कलौनी, सहसचिव नरपती शर्मा भण्डारी, कोषाध्यक्ष जयादत्त पन्त त्यसैगरी सदस्यहरुमा पुर्णबहादुर थापामगर, पदम बहादुर बम, कृष्ण बहादुर चन्द, वामदेव चौटत, धर्मराज जोशी, धन सिह भण्डारी, लिलाधर भट्ट, राम बहादुर महता नारायण दत्त पन्त, जय बहादुर पाण्डेय चयन भएका छन् ।

वार्षिक सधारण सभामा केन्द्रिय उपाध्यक्ष गंगाराम गिरीले जेष्ठ नागरिकले समाजमा रहेका जेष्ठ नागरिक हितको लागि यसले निकै ठुलो भुमिका खेल्दै आएको, आफुहरुको सर्घषबाट नै सार्वजनिक यातायात देखि लिएर अस्पताल लगायत विभिन्न ठाउँमा छुट र निःशुल्क उपचार सम्भव भएको बताउनु भयो, अब देखि बृद्ध आमा बुवालाई माया गर्ने, छोरा बुहारीलाई जेष्ठ नागरिकको कार्यक्रममा सम्मान गर्ने र बृद्ध आमा बुवालाई दुःख दिने घर बाट निकाल्ने जस्ता कार्य गर्ने छोरा बुहारीलाई कानुनको कटघेरामा उभाई सजायको भागीदार गर्ने बताउनुभयो । जेष्ठ नागरिकको मुल नारा ‘ओछयान छोडन पाइन, वृद्धाआश्रम चाहीदैन’ भन्ने नारालाई आत्मसात गरी आफुहरुले बनाएको घर र आफुहरुले हुर्काएको सन्तानमा आफ्नो हक हुनाले उनीहरुले पनि बुढेसकालमा आमाबुवालाई हेर्नू पर्नेमा जोड दिन’ भयो साथै नेपाल सरकारले एकल महिलालाई भत्ता दिए जस्तै एकल पुरुषलाई पनि भक्ता दिनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा भम्केनी धाममा आफनो लगानी लगाई धर्मशालाको निर्माण गरी हस्तान्तरण गर्ने दनविर अशोक सिह महरालाई पनि सम्मान पत्र दिनुको साथै दोशल्ला ओडाई सम्मान गरिएको थियो ।

विहिबार भएको वार्षिक साधारण सभामा नगरकमिटिका अध्यक्ष जयानन्द बडुको सभापतित्वमा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष गंगाराम गिरी, विशिष्ट अतिथीमा केन्द्रिय सदस्य तथा प्रदेश नं. ७ का इन्चार्ज गोविन्द सिंह विष्ट रहनु भएको थियो भने कार्यक्रम संञ्चालन कर्णबहादुर सिहले गर्नु भएको थियो ।