सुरक्षा मामिलामा सचेत रहन राजदूतको सुझाव


काठमाडौं ।
नेपाल भारत वीचको खुला सीमाका कारण आतंकवादी चलखेल र अन्य घुसपैठ हुने संभावना रहेकाले नेपाल सँधै सचेत रहनु पर्ने नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले बताउनु भएको छ ।

विहीवार उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटवार्तामा उहाँले यस्तो बताउनु भएको हो । आतंककारी क्रियाकलाप नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्न आफ्नो मुलुक तयार रहेको राजदूत टेप्लिट्जले बताउनु भएको रक्षा मन्त्रालयले जनाएको छ । प्रतिउत्तरमा मन्त्री पोखरेलले यस्तो कार्यमा मित्र राष्ट्रहरुको सहयोग र सद्भावको आवश्यकता भएपनि आन्तरिक समस्या समाधान आफैंले गर्नु उपयुक्त हुने बताउनु भएको थियो ।

नेपालको संक्रमणकालीन अवस्थालाई नेपाली जनता र राजनीतिक नेतृत्वले वुद्धिमतापूर्ण तवरले व्यवस्थापन गरेको भन्दै राजदूत टेप्लिट्जले प्रशंसा गर्नु भएको थियो ।