नगदी रसिद विना कर असुल्दै यारी भन्सार कार्यालयका कर्मचारी


अर्जुन बोहोरा, हुम्ला ।
हुम्लाको उत्तरी हिल्सा नाका बाट तिब्तमा पैठारी हुने सामानहरुको यारी भन्सार कार्यालयले नगदी रसिद विना कर लिने गरेको छ ।
चिनको स्वशासित क्षेत्र तिव्वतसँग जोडिएको यारी भन्सार कार्यालय हुम्लामा व्यापरीहरु बाट तिब्तमा विक्री गर्नको लागि लैजाना लागेका सामानहरु बाट भन्सार कार्यालय हुम्लाले कार्यालयको आधिकारी विल विना कागजी खोस्टोमा सेता कागजमा छाप लगाएर कर असुल्ने गरेको छ छ । व्यापरीले भन्सार कार्यालय बाट नै चिट सिस्टम बाट नक्कली कर तिरेको विल लिनु परेको नाम्खा गाउँपालिका व्यापारी तेन्जीङ्ग लामाले बताए । व्यापरी लामाआफैले हिल्सा नाका हुँदै तिब्तको ताक्लाकोट सम्म ४ लाखा लागतका चाँदीले मोडेको भाँडाकुँडाहरु व्यापर गर्ने भनि लगेका सामानहरुको खरिद गर्दा भ्याट विल नभई पेन विल समेत भेटिएको छ । एकातिर व्यापरीले राज्य लाई कर नतिरेर सामान जिल्ला बाट तिब्तमै निर्यात गरेको छ भने यारी भन्सार कार्यालयका कर्मचारी स्वयमले नक्कली सेतो कागजको चिटमा छाप लगाएर नै कर लिएको खुलास गरेका छन ।

एकातिर व्यापरी लामाले खरिद गरेको विल समान्य विल देखाएको छ,भने अर्को तिर भन्सार कार्यालयले समेत आधिकारी विल नभई चिटमा भन्सार कार्यालयको छाप लगाएर १३ प्रतिशत कर भन्दै २७हजार ५ सय ६० रुपायाँ असुलेको छ ।
अर्कोतिर यारी भन्सार कार्यालयले राज्यकोषमा जम्मा नहुने गरि सेतो कागजको चिटको भरमा १३ प्रतिशत व्यापरी बाट रकम असुलेको ताक्लाकोटमै व्यापर गर्दै आएउनु भएका नाम्खा गाउँपालिका निवासी सुनामछिरीङ्ग लामाले खुलासा गर्नु भयो ।

उता प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगाना सिमार्वाता तयारीको लागी भनि हिल्सामा पुग्नु भएका अधिकारीले व्यापरीले सामान खरिद गर्दा भ्याट नतिरी समान निर्यात गरेकोले व्यापरी बाट पैसा असुल्नु परेको बताउनु भयो । यारी भन्सार कार्यालय हुम्लाले भने विल नभएको भन्दै कागजीरुपमा चिट दिएर समानशहरु बट उठाएको करको विलको सटा चिट बनाएरु दिनु परको यारी भन्सार कार्यालय श्रोतले बतायो ।

ह्ुम्लाको उतरी नाका बाट आयात÷निर्यात गर्ने व्यवसायीबाट सो कर यारी भन्सारको कमजोरीले फाईदा उठाउन नकली विलबाट कारोबार गरेको खुलासा गरेको हो । अर्कोतिर सिमा बाहिर विग्री हुने सामानहरु पनि व्यापरीहरुले समेत भ्याट विल विना प्यानविलमै नै ठुलो परिमाणमा सामानको मुल्यको विल लिएको खुलासा गरेका छन ।

सरकारी निति नियमलाई फितलो बनाउदै स्वयम यारी भन्सार कार्यालयनै एउटा कागतको चिटमा कार्यालयको छाप लगाएर व्यापरि बाट भ्याट १३ प्रतिशत भ्याट असुलेकोले यो नियमसंगत नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक राजन रेग्मीले बताए ।
व्यापरीले कर नतिरेर ल्याएको सामानको शिज गर्नु पर्नेमा भन्सार कारर्यालयको नगरि रसिद हुँदाहुँदै पनि उल्टै चिटको भरमा कर असुलेको छ । लामो समय देखि हुम्लाको उतरी हिल्साको नाकामा कर्मचारी विहीन रहेको छ । अहिले कार्यालय सहयोगीको भरमा चलिरहेको छ। हरेक बर्ष सरकारले जारी गरेको कर सम्बन्धि ऐन कानुनलाई कडाईका साथ लागु गर्न निदर्शेन दियता पनि हुम्लामा रहेको यारी भन्सार कार्यलयले अहिले सम्म कर्मचारी राख्न सकेको छैन ।