राहत रकम फ्रिज भएपछि बाढीपिडीतले गरे सडक अबरुद्ध


सरोज यादव, विराटनगर ।
मोरङको कटहरी गाँउपालिकाका बाढी पीडितले राहत रकम समयमै वितरण नगरिएको विरोधमा सडक अबरुद्ध गरेका छन । पिडितहरुले रोडमा बाँस तेर्साएर सडक जाम गरेका हुन् । गएको बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएर फर्किएको छ ।

राहतको रकम फिर्ता भएपछि बिहीबार दिउँसो पिडीतहरुले सडक अवरुद्ध पारेका थिए । कटहरी गाँउपालिकाको बाढीपीडितका लागि ३ करोड ८९ लाख २५ हजार रकम आएको थियो । गृहमन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउपालिकाले वितरण नगरेपछि रकम फ्रिज भएको हो । कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले केही दिनदेखि लगातार विरोध धर्ना लगायतका कार्यक्र गर्दे आएका छन ।