सुन पचाउन लुटिएको नाटक गर्ने गिरोह पक्राउ


नेपाल समाचारपत्र, काठमाडौँ ।
सुन पचाउन लुटिएको नाटक गर्ने गिरोह पक्राउ परेका छन् ।
गंगुबु स्थित अम्मर ज्वेलर्समा सुरक्षित राखि काठमाडौँको गंगुबु स्थित रुप बहादुर परियारले संचालन गरेको पाहुना घरको कोठा नं.२०२ बाट सुन, नगद, बैंकको चेक र मोवाईल समेत लुटियो भनी प्रहरीलाई गलत सूचना जानकारी गराई सुन पचाउन लुटिएको नाटक गर्ने जिल्ला रुकुम, भूमी गाँउपालिका वडा नं. ३ घरभई हाल दाङ जिल्ला बालमन्दीर वडा नं. १५ बस्ने ५३ वर्षीय को खड्ग बहादुर सुनार र रुकुम जिल्ला भूमी गाँउपालिका वडा नं. ३ घरभई हाल दाङ जिल्ला बालमन्दीर वडा नं. १५ मा बस्दै आएका २५ वर्षीय बचन सुनार पक्राउ परेका हुन् ।
महाशाखाबाट खटि गएको बिशेष टोलीले काठमाडौँ महानगरपालिका गंगुबुबाट लुटिएको भनिएको सुन सहित आज गंगबुबाट पक्राउ गरिएको हो ।
थप अनुसन्धान कार्य जारी रहेको छ ।