बर्दियामा ९० प्रतिशत रोपाई समाप्त


बिष्णु तिमिल्सिना, बर्दिया ।
बर्दियामा हाल सम्म ९० प्रतिशत रोपाई कार्य सकिएको छ । सिचाई सुबिधा भएका गेरुवा गाँउपालिका, तथा राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा धान रोपाई कार्य सम्पन्न भएको छ । सिचाईको केही असुबिधा रहेका मधुवन, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाँपालिकामा आंशिक रुपमा धान रोपाई बाँकी रहेको तत्कालिन कृषि बिकास कार्यालयका सुचना अधिरकारी(कृषि प्राबिधिक) कमल तामाङले जानकारी गराउनु भएको हो ।

जिल्लाको खेति योग्य कुल ६० हजार १ सय हेक्टर जमिन मध्ये बिगत बर्षहरुमा ५० हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भईरहेको थियो । हाल बर्दियामा घडेरीका लागि घरजग्गा पलटिङ्ग र तरकारी खेति बिस्तार हुदा करिक ५ सय हेक्टर जमिन धानबाली कमि हुने भएको छ । जिल्लामा राधा चार, मकवानपुर, साबित्रि, साँवामन्सुली जातका धान मुख्य रुपमा लगाएको छ र केही रुपमा सर्जु ५२, हर्दीनाथ तथा हाईब्रिट जातका धानहरु लगाइएको छ ।

यस बर्ष जेठ महिनामा धानको बिउ राख्ने उपयुक्त समयमा पानी परेकोले समयमा धानको बिउ राखिएको थियो । धान रोपाई गर्ने समयमा २०देखि२५ दिन भित्र पानी नपर्दा रोपाई गर्न ढिलो हुदा बिउ जिनिएर(छिपीएर) केही उत्पादकत्व घट्न सक्ने सम्भाबना रहेको तामाङले बताउनु भयो ।