सरकार र केसीबीच सहमति, केहिबेरमा अनसन तोडिँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
अनसनरत डा.गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने छ ।