सामान्य अंकले घट्यो शेयर बजार


काठमाडौँ ।
शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३।१५ बिन्दुले घटेर एक हजार १९१।२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।७५ बिन्दुले घटेर २५०।९६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १।४४, विकास बैंक १।९८, जलविद्युत् १४।७९, फाइनान्स २।६८, निर्जीवन बीमा २७।१७, उत्पादन स्थिर, अन्य ०।५६, माइक्रोफाइनान्स १५।१६ र बीमा ४९।०८ बिन्दुले घटेको छ । होटल समूह भने ४४।५५ बिन्दुले बढेको छ ।
रासस