नुवाकोटमा कार्यकर्ता र प्रहरीबीच झडपः ३ प्रहरीसहित १ दर्जन कार्यकर्ता घाइते

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।

नुवाकोट, नुवाकोटको विदुर नगरपालिका आज तनावग्रस्त भएको छ । नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै नेपाली कांग्रेसले विदुर नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाउन नगरपालिकाको कार्यलयमा जाँदा प्रहरीले बल प्रयोग गर्दा नगरपालिका परिसरमा करिव दुई घण्टा तनाव भएको थियो ।

प्रहरी र कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा तिन प्रहरी र ९ जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन । घाइते हुनेमा सविन गिरी, जगन्नाथ नेपाल, धुव्र अधिकारी, राजु, थापा,सुनिल श्रेष्ठ, रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

अन्य घाइते हुनेमा धनसिंह तामाङ, जगत तामाङ, नेत्र ढकाल र निरज चित्रकार रहेका छन । घाइतेमध्ये ३ प्रहरीको अवस्थाभने केही गभ्भीर रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

आफुहरुको शान्तिपुर्ण प्रर्दशनमा प्रहरी र नगरप्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले घोर भत्सना गरेका छन । केशीले आफ्ना कार्यकर्ताले गरेको शाान्तिपुर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको र त्यसको आफुहरुले पनि प्रतिकार गर्ने चेतावनि दिए ।

विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको अहिले नेपाली कांग्रेस मात्र नभई सर्वत्र विरोध भईरहेको छ । तर नगरपालिकाकी उपमेयर गिता दाहालले भने आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलनिे बताइन ।

दाहालले कसैको डर र धम्कीको प्रयासमा नगरपरिषदले पास गरेको आर्थिक विधेयक कुनैपनि हालतमा फिर्ता नहुने बताइन ।

यसअघि गत आइतबार नेपाली कांग्रेस नुवाकोटले स्थानिय तहले जथाभावि कर वृद्धि गरेको भन्दै एकहप्ताभित्र फिर्ता लिन सबै स्थानिय तहलाई आग्रह गरेको थियो ।