जनप्रतिनीधीको आगमनपछि छेला–दुर्गाभवानी सडकले गति लियो



विनोद सिंह विष्ट, बैतडी ।
वर्षौ देखि रोकिएका विकास निमार्णका कामहरु जनप्रतिनीधी आइसकेपछी गति लिन थालेका छन् । १० वर्ष अघि निर्माण सुरु भएपनि अहिलेसम्म सम्पन्न हुन नसकेको बैतडीको दशरथचन्द नगरपालिकास्थित छेला–दुर्गाभवानी सडक निर्माण कार्यले यतिबेला तिव्रता पाएको छ ।

तत्कालिन गाबिस, जिल्ला बिकास समिती र सांसद कोषको रकम बाट उक्त्त सडक निर्माण कार्य सुरु भएको थियो । उक्त सडक १० बर्षसम्म करिब २ हजार ३ सय २५ मिटर मात्र निर्माण भएको थियो । हाल स्थानिय तहरुमा जनप्रतिनिधि आईसकेपछी १ बर्षमै उक्त सडक २ हजार ७ सय मिटर सडक निर्माण भएको छ ।

वडा नम्बर ३ को पहलमा निर्माण भईरहेको उक्त सडकमा नगरपालिकाको २५ लाख वडा कार्यालयको १५ लाख सहयोग रहेको वडा अध्यक्ष दाम बहादुर क्षेत्रीले बताउनुभयो । वडा अध्यक्ष क्षेत्रीका अनुसार अहिले बजेट अभाव भईरहेको अवस्थामा वडा पदाधीकारिको भत्ता वाफतको रकम र्फिता दिने गरि सडक निर्माणमा लगाउनुका साथै स्थानीय बासिन्दाहरुले श्रमदान पनि गरेको वडा सल्लाहकार समिति प्रवक्ता जगदिश क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार उक्त्त सडक आर्थिक वर्ष २०७५/०७६ भित्रै सक्ने योजना अनुसार वडा कार्यालयले काम गरिरहेको छ ।

क्रमागत योजनामा रहेको उक्त्त निर्माणाधीन सकड सम्पन्न भए दशरथचन्द नगरपालिकाको ध्याडी, खतेडी, छेला, कन्सरा, पहडा लगायतका क्षेत्रका बासीन्दालाई सहज हुने भएको छ ।

सर्वसाधारण नागरिकलाई गाउँमै सरकारको आएको अनुभुति गराउनका लागी बर्षौदेखि रोकिएका विकास निर्माणका कामहरुलाई प्राथमिकतामा राखेको दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र सिंह थापाले बताउनुभयो । आवश्यकता र स्थानिय नागरिकको मागअनुसारनै विकास निर्माणका कामहरुलाई अगाडी बढाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्