सुन्दरी सृष्टि अब चित्रकार

0
Shares

र्वनेपाल सुन्दरी सृष्टि श्रेष्ठ अब चित्रकारका रूपमा देखिनेभएकी छिन्। नेपाल सुन्दरीको ताज पहिरिएको केही समयपछि नायिकाका रूपमा अगाडि आएकी सृष्टि भोलि शुक्रबार अल नेपाल रिलिज हुने फिल्म रोमियो एन्ड मुनामा चित्रकारको भूमिकामा देखिनलागेकी हुन्।

हेमराज बीसी निर्देशित फिल्म गाजलुबाट डेब्यु गरेकी सृष्टिको मुख्य भूमिका रहेको यो दोस्रो फिल्म हो। रोमियो एन्ड मुनाको रिलिजपछि आफ्नो फिल्म करियरमा धेरै परिवर्तन आउने सृष्टिलाई विश्वास छ। ‘रोमियो एन्ड मुनामा मेरो ग्रामीण युवती मुनाको भूमिका छ। जो एक चित्रकार हुन्छे। फिल्मले मलाई वास्तविकरूपमै चित्रकार बनाएको छ’ –सृष्टि भन्छिन्। फिल्ममा सृष्टिको जोडीका रूपमा बलिउडमा अभिनय सिकेर आएका कुशल हिरो विनय श्रेष्ठ छन्।

विनय फिल्ममा रोमियोको भूमिकामा छन्। ‘मेरा लागि यो फिल्मले विशेष माने राख्छ। रोमियो एन्ड मुनाजस्तो चलचित्र अहिलेसम्म बनेकै छैन’ –विनयको दाबी छ। सृष्टि र विनयले एकसाथ काम गरेको यो पहिलो फिल्म हो। ‘विनयसँग काम गर्दा डर त थिएन। किनभने उसको अप्रोच नै राम्रो हुन्छ। उसले सबैसँग गर्ने व्यवहार पनि राम्रो छ’ –सृष्टिले भनिन्।

डाइङ क्यान्डलका डेब्यु निर्देशक नरेशकुमार केसी निर्देशित फिल्ममा विनय र सृष्टिका साथमा प्रज्ज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायत मुख्य भूमिकामा छन्। प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यद्वारा निर्देशित फिल्म लभ स्टोरीमा बनेको छ।