जोगिन्दर पानवालाको नाममा गीत

0
Shares

जोगिन्दर पानवालाका रूपमा छुट्टै पहिचान बनाउन सफल हास्य कलाकार शिवशंकरप्रसाद रिजालको जोगिन्दर पानवालाकै नामबाट गीत बनेको छ।
महेश ज्ञवालीको शब्द संगीत रहेको गीतको यस गीतको भिडियोमा शिवशंकर र लोकदोहोरी गायिका ज्योती मगरले नृत्य गरेका छन्।

प्रायः गीतमा उच्छृंखल शैलीमा नाच्ने ज्योती यस भोजपुरी शैलीको नृत्यमा भने शालिनरूपमा प्रस्तुत भएकी छिन्। भिडियोमा परराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँलगायतको अभिनय रहेको छ भने परराज पौडेल र सिर्जना गुरुङको गायन रहेको छ। भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् भने यसमा सचिन थापा मगरको निर्देशन रहेको छ। मधेसको भेषभूषा प्रयोग गरिएको गीतको छायांकन चितवनको सौराहामा गरिएको हो।