रित्तो हात फर्कियो विप्लव समात्न जंगल पसेको प्रहरी

0
Shares

सलिम अन्सारी, प्युठान । शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन् । तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ ।

प्रहरीले विप्लवलाई समात्ने उदेश्यले बुधबार दिनदेखि जंगल आसपासमा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो । तर, बिप्लव मंगलबार नै शितखोलाबाट बाहिरिएका थिए ।

प्युठानको सरुमारानी क्षेत्र र अर्घाखाँचीको शितगंगा नगरपालिका वन क्षेत्रमा विप्लवको विषेश बैठक हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । विप्लवलाई समात्न भनेर प्रदेश ५ का चार जिल्लाका प्रहरी साँझबाटै पिछा गरेको थियो । तर, विप्लवलाई समात्न प्रहरी असफल भएको छ ।अन्नतः विप्लवले सोही जंगलमा विषेश बैठक गरेर फर्किए । तर, प्रहरी भने बुधबार दिउँसो २ बजेतिर रित्तो हात फर्किएको छ ।

अर्घाखाँचीको दुर्गम एउटा गाउँ पहाडी भुभाग, घना जंगल, खोला छ, समथर परेको जमिन पनि छ । पातलो बस्ती, सुरक्षा निकायको पहुँचभन्दा टाढा छ यो ठाउँ । यही ठाउँमा विप्लवको बैठक बसेको स्रोतको भनाई छ ।

कसरी गयो प्रहरी
प्रहरीले केही दिनयता विप्लवको बैठक छ भन्ने सुनेर आफ्नो सक्रियता बढाएको थियो । विप्लवलाई घेराबन्दीमा पार्नका लागि भनेर प्रहरीले सञ्चारको उपयोग गरेको थियो ।
सुरुमा प्युठानको सरुमारानी २ दर्भानस्थित नेपाल टेलिकमको टावरमा विप्लवका नेताको फोन सम्पर्क भएको कनेक्ट भयो । त्यसपछि सरुमारानी ३ हंसपुरको एनसियल टावरसँग कनेक्ट भयो । त्यसपछि भने प्रहरीले लोकेसन नै भेटाउन सकेको थिएन ।

तर, लामो समयपछि फेरि प्रहरीले पुनः त्यो टावरमा कनेक्ट भएको पाएको थियो ।
प्रहरीले अहिले एनसेल टावरको लोकेसनका आधारमा सो क्षेत्रमा निगरानी बढाएको थियो । केही दिनयता सो क्षेत्रमा माओवादी कार्यकर्ताहरुको पनि उपस्थिती देखिन थालेको थियो । उक्त क्षेत्रमा सशस्त्र द्धन्दकालमा पनि माओबादिले सैन्य र शिविर संचालन गरेको थियो। भने सेना र तत्तकालिन छापामार बिच दोहोरो भिडन्त भएको थियो। प्युठान भालुबाङ सडकखण्ड देखि १० किलोमिटर पुर्व दक्षिणि क्षेत्रमा शितखोला अबस्थित छ।

विप्लवले पनि सो जंगल क्षेत्रमा विषेश योजना बनाएर जनप्रतिनिधिलाई लक्षित गरेर जनकारवाहीको रणनीतिक योजना बनाउन लागेको सुचनाका आधारमा सो क्षेत्रमा प्रहरी परिचालित भएका हुन् ।

नयाँ मान्छे देखिए स् स्थानीय
शितखोला घना जंगलको बीचमा छ यो ठाउँ । सो ठाउँमा केही दिनयता १२र१५ जना अपरिचित मानिसको आवात जावत बढेको थियो । ‘उनीहरु १२र१५ जनाको संख्यामा थिए होला’ स्थानीय भन्छन्, ‘हामीले उनीहरु कसैलाई पनि चिन्न सकेनौं र उनीहरु हाम्रा अगाडी पनि आउन चाहेनन् ।’

त्यसरी अपरिचित मान्छे आएको थाहा पाएपछि सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानीयको भनाई छ । कपिलवस्तु, दाङ, प्युठान र अर्घाखाँचीका सीमानामा प्रहरी परिचालन भएका थिए । स्थानीयका अनुसार सो क्षेत्रमा झण्डै ४०र५० जनाको संख्यामा प्रहरी देखिएका थिए । सो खवर पाएलगत्तै त्यसको खोज गर्न भनेर नै प्रहरी परिचालित भएपनि प्रहरीले किन र के कारणले भने विषयमा बोलेको छैन ।

तर, प्रहरीले भने सो क्षेत्रमा प्रहरी परिचालन नगरिएको दावी गरेको छ ।‘खै हामीले त प्रहरी त्यसरी परिचालन गरेका छैनौं’ जिल्ला वप्रहरी कार्यालय प्युठानका प्रहरी इन्सपेक्टर गोपीकृष्ण सुवेदीले भने, ‘प्युठानमा त्यस्तो केही घटना परिघटना भए जस्तो त लाग्दैन ।’

यता नेकपाका प्युठान जिल्ला इन्चार्ज अजयले जिल्लामा नेकपा माओवादीको कुनै कार्यक्रम भेला र बैठक नभएको तर्क गर्दै भने त्यस्तो खालको कुनै कुरा जानकारीमा छैन ।