राष्ट्रियसभामा कांग्रेसको अवरोध

0
Shares

काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बुधबारको राष्ट्रियसभाको बैठक पनि चल्न सकेन ।

कांग्रेस सांसद प्रकाश पन्तका अनुसार सरकारका गलत कामको विरुद्धमा सदनमा आवाज उठाएर मन्त्रीसँग जवाफ मागेपछि बैठक स्थगित भएको हो । अध्यक्षसँग समय माग्दै कांग्रेस सांसद बद्री पाण्डेले डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने, झापाको बी एन्ड सी अस्पतालका सञ्चालकले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले उनलाई कारबाही गर्नुपर्ने, जुम्लामा प्रहरीद्वारा अन्धाधुन्द लाठी प्रहार भएको घटनाको छानविन हुनुपर्ने, तरुण दलको शान्तिपूर्ण ¥यालीमाथि शनिबार काठमाडौंमा भएको ज्यादतीबारे सरकारको जवाफ माग्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गण्ोशप्रसाद तिमिल्सिनाले मन्त्रीलाई समयमै उपस्थित हुन समेत आग्रह गर्नुभयो ।

११ बजे बोलाइएको बैठक मन्त्रीको अनुपस्थितिका कारण झन्डै ४५ मिनेटपछि मात्र शुरु भएको थियो । बिहीबारको बैठक पनि सत्ता र प्रतिपक्षको जुहारीका कारण कार्यसूचीमा नै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको थियो । मंगलबारको बैठकमा कसले पहिले बोल्ने भन्ने विषयमा पनि बिबाद भएको थियो । विषयगत समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाउने कार्यसूची रहेको थियो । कांग्रेस सांसद्को संख्या थोरै भएपछि कमसेकम १ जना सभापति दिनुपर्ने उसले माग राख्दै आएको छ । निर्वाचनको प्रक्रियामा गए सभापति नपाउने भएपछि कांग्रेसले नाम नबुझाएको पनि सांसद पन्तले जनाउनुभयो ।

४ वटा समिति रहेका छन् । कांग्रेसका १३, नेपाल कम्युनिस्ट पार्टीका ३९, राजपा र संघीय समाजवादी फोरमका २÷२ र सरकारबाट मनोनित ३ गरी राष्ट्रियसभामा ५९ सांसद रहेका छन् ।