हेटौंडा, (नेस)
जिउ मास्ने बेच्ने मुद्धाका ३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउपछि जेल चलान भएका छन् ।
जिल्ला अदालत मकवानपुरको २०६४ माघ १३ गतेको फैसलाले लगत नम्बर ६६५ को जिउ मास्ने बेच्ने मुद्धामा १५ वर्ष कैद र १ लाख ६० हजार जरिवाना तथा सोही मितिको जिल्ला अदालत मकवानपुरको अर्को फैसलाले लगत नम्बर ६६१ को मुद्धामा १५ वर्ष कैद र १ लाख २० हजार जरिवाना तोकी फरार मकवानपुर नामटार–४ बस्ने उनी पक्राउ परेका हुन् ।
वर्ष ५२ का दशरथ परियारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रनि मधुकुमार थापासमेतको कमाण्डमा खटिएको टोलीले हेटौंडा–१३ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जिल्ला अदालत मकवानपुरको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदीमा पठाइएको छ ।











प्रतिक्रिया