पहिरोले एक मजदुरको मृत्यु, अरु भागेर बाँचे

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

पहिरोमा पुरिएर दार्चुलामा आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका २ रौतेडाका २२ बर्षिय मदन ओड रहेका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईञ्चार्ज प्रहरी निरीक्षक दिर्घ बोगटीले जानकारी दिनुभयो ।

आज बिहान साढे २ बजे सुतिरहेका बेला माथिवाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर ९ रुप्सालखोला बाँजका मान सिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।

संगै सुतेका अन्य मजदुर भने भागेर बाच्न सफल भएका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ ।