रिलमा मात्र नभई रियलमा पनि प्रेम जोडीका रूपमा चर्चामा रहेका नायकनायिका पल शाह र आँचल शर्माद्वारा मोडलिङ गरिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।
जुनमा राखें तिमीलाई बोलको गीतमाथि बनेको म्युजिक भिडियोमा पल र आँचलले रोमान्स गरेका छन्। पल र आँचल धेरै समयदेखि म्युजिक भिडियोमा एकसाथ देखिएका थिएनन्। फिल्ममा भने यो जोडी सँगै प्रस्तुत हुँदै आइरहेको थियो। फिल्मतिर आएपछि पल भने म्युजिक भिडियोबाट टाढा हुँदै आएका थिए।
पल म्युजिक भिडियोमा नाम कमाएपछि फिल्ममा आएका हुन्। प्रदीप ढकाल र निखिता थापाद्वारा स्वरबद्व तथा प्रदीप ढकालको संगीत र विष्णुबाबु देवकोटाको शब्द रचना रहेको गीतको म्युजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका छन् भने कोरियोग्राफी पल स्वयंले गरेका छन्।











प्रतिक्रिया