बिग ब्रदरमा शोषण प्रयास

0
Shares

अमेरिकी बिग बोस अर्थात् टेलिभिजन रियालिटी शो बिग ब्रदरको सिजन–२० माथि नश्लवादी टिप्पणी तथा यौन शोषणको आरोप लागेको छ।
साथै शोको दौरान प्रतियोगी रिचेल स्डिन्लर तथा एन्जेला रमन्सले घाममा बसेका कारण छालामा समस्या भएको कुरा गर्दै युहुदी शब्दको प्रयोग गरेका थिए।

यसपश्चात् ट्विटरमा दुवै प्रतियोगीविरुद्ध जमेर ट्रोल गरियो भने शोका निर्माताले दुवैलाई भविष्यमा फेरि यस्तो व्यवहार गरे शोबाटै निकालिदिने चेतावनीसमेत दिए। समाचारअनुसार कार्यक्रमका फ्यानले एक प्रतियोगीलाई अनुचितरूपमा सहभागीलाई छुने, गालीगलौज गर्ने तथा यौन उत्पीडनको आरोप पनि लगाएका थिए। बिग ब्रदरका अघिल्ला सिजनमा पनि यस्ता प्रकारमा घटनाहरू धेरै भएको र सिजन–५ मा भाग लिएकी बलिउड नायिका शिल्पा शेट्ठी पनि नश्लभेदी टिप्पणीको शिकार भएको बताइएको छ।