टिजरमा सिंहदरबार

0
Shares

अभिनेतृ गौरी मल्ललाई महिला प्रधानमन्त्रीका रूपमा देखाइएको टेलिसिरियल सिंहदरबार दोस्रो सिजनको टिजर सार्वजनिक गरिएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउन्ड र शुभ मिडिया होमले उत्पादन गरेको सिंहदरबार–२ को टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरि, रमेशरञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सविना गोपाली, कृष्ण शिवाकोटीलगायतका कलाकारलाई देखाइएको छ।

सिरियल नवीन सुब्बाले निर्देशन गरेका छन्। साउनको दोस्रो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको सिंहदरबार–२ कुल १३ भागको छ।