कम्युनिस्ट सरकार अधिनायवादी भयो: सिंह

0
Shares

नेपाल समाचारपत्र, डोटी
नेपाली काग्रेसका नेता तथा पुर्व महामन्त्री प्रकाशमान सिंहले शान्तिपूर्ण आन्दोलनमा सरकारले दमनको अधिनायकवादी चरित्र देखाएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस यूनियन डोटी शाखाले मंगलबार डोटीको दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भन्नुभयो, ‘सरकारको अधिनायकवादी चरित्र रोक्न मात्रै कांग्रेस लागि परेको छ,अन्य हाम्रो स्वार्थ केही छैन ।’

नेता सिंहले आफ्नो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताउनुभयो । उहाँले थप भन्नु भयो ‘वर्तमान सरकार कम्युनिष्ट मानिसकताबाट सरकार सञ्चालन गर्न खोजिएको छ,हामी त्यस्को कहिल्यै साथ दिदैनौ ।’

उहाँले नागरिकका माग लिएर सत्याग्रहमा बस्नु भएका डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि आफ्नो पार्टीले दबाब दिँदै आएको दाबी गर्नुभयो । उहाँले डाक्टर गोविन्द केसीका जायज मागहरु तत्काल पूरा गर्दै केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भैरहेका कारण सरकारका गतिविधिको कांग्रेसले सामना गरिरहेको उहाँको भनाई थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानूनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उहाँले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पार्नुभयो । त्यस्तै कम्युनिष्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उहाँको सुझाब थियो ।

सोही कार्यक्रममा बोल्दै अर्का नेता तथा सांसद दिलेन्द्रप्रशाद बडुले पछिल्लो समय सरकारविरुद्ध देखिएको विरोध सरकार स्वयमले उत्पादन गरेको बताउनुभयो । उहाँले भन्नु भयो ‘देशमा जे जती आन्दोलन सुरु भएका छन्, सबै सरकारले उत्पादन गरेको खेतीको फल हो,गलत आफmु गर्ने दोस काग्रेसलाई लगाउने ।’ सरकारको ५ महिनाको कार्य सकारात्मक नभएको उहाँको भनाई छ ।

त्यस्तै नेता बडुले ७ प्रदेशको स्थानिय राजधानी कहाँ बनाउने भन्ने जिम्मोवारी कम्युनिष्टको हातमा रहेको बताउनु भयो । उहाँले थप भन्नु भयो ‘दुई तिहाई बहुमत छ भनेर कुर्लिने अहिले राजधानीको नाम र स्थानिय कहाँ हुने भन्ने तोक्न नसक्ने, उहाँले थप भन्नु भयो ‘जनचाहना अनुसार स्थानिय राजधानी र नामाकरण नतोकिए÷नगरीए काग्रेस चुप लागेर बस्ने छैन,आन्दोलनको आदीबेहरी श्रृजना हुने छ ।’ पार्टि कार्यकर्ता संग भेटघाटका लागि नेता सिंह र बडु डोटी पुग्नु भएको हो ।