त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र अझै सञ्चालनमा आउन सकेन

0
Shares

शालिकराम चालिसे, नुवाकोट
असार २६ गते आगलागिबाट बन्द भएको त्रिशुली र देविघाट जलविद्युत केन्द्र १० दिन बितिसक्दा समेत अझै संचालनमा आउन सकेको छैन ।

जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन ठप्प छ । त्रिशुली जलविद्युत्त केन्द्रका मेकानिकल इन्जिनियर सुमन मानन्धरका अनुसार मर्मतका लागि बन्द गर्नुपर्ने भएकोल देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको बताए ।

 

मानन्धरका अनुसार त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो ।
आगलागीबाट क्षति पुगेका तिनवटा ब्रेकर मर्मत भइसकेको मानन्धरको भनाई । आगोले क्षति पुराएको केन्द्रको निर्माणमा अहिले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरु निर्माणमा जुटिरहेका छन । आगलागीबाट भएकोको एकिन विवरण अझैसमेत आइनसकेको त्रिशुली जलविद्युत्त केन्द्रले जनाएको छ । बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको छ । दुई जलविद्युत्तबाट विजुली प्रवाह नहुँदा नेपाल विद्युत्त प्राधिकरणले दैनिक ५० लाख रुपैयाँभन्दा बढी क्षति व्यहोरी रहेको छ ।

जलविद्युत् केन्द्रका इन्जिनियर मानन्धरका अनुसार बिग्रिएको जलविद्युत गृहको निर्माणमा ढिलोमा एक हप्ता लाग्ने र छिट्टै संचालन हुने बताए । नुवाकोटमा रहेको त्रिशुली र देविघाट जलविद्युतले काम नगरेपछि नुवाकोटमा अहिले रााष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत प्रवाह भइरहेको छ ।