नेपाल समाचारपत्र, दोलखा
दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर १ भीरकोट माझिगाँउमा आज दिउँसो ४ बजे बोलेरो जिप दुर्घटनामा परी जिल्ला समन्वय समिति दोलखाका नायव सुब्बा मुनहरि थापाको मृत्यु भएको छ ।
चरिकोटबाट रामेछाप हुदै काठमाडौँ जान लागेको बा १९ च ५४२० नम्बरको बोलेरो जिप तामाकोसी किर्नेटार सडक खण्डको माझिगाँउको घुम्तीबाट २ सय मीटर तल खस्दा भीमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रिका मुनहरि थापाको घट्ना स्थलमै मृत्यु भएको र जिपमा सवार पुनर्निर्माण प्राधिकरण चरिकोटका इन्जिनियर कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ सुनखानीका नारायण शिवाकोटी र बोलेरो चालक कर्णबहादुर कुसुले घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाईते दुबै जनाको रामेछापको मन्थलीमा उपचार भै रहेको प्रहरीले जनाएको छ । घाईते इन्जिनियर शिवाकोटीको एउटा हात भाँचिएको र टाउकोमा चोट लागेको जनाईएको छ ।











प्रतिक्रिया