हेटौंडा, (नेस)
बनविज्ञान अध्ययन संस्थानको आवासमा अनधिकृतरुपमा बसिरहेको भन्दै शिक्षण सहायक गुलाबकुमार चौधरीलाई हटाउन आग्रह गरिएको छ ।
आवास व्यवस्थापन समितिको २०७२ फागुन ५ गते प्रा. लक्ष्मणसुन्दर श्रेष्ठको अध्यक्षतामा बसेको बैठक तथा २०७४ पुस ११ गते उपप्राध्यापक श्यामकिशोर शाहको अध्यक्षतामा बसेको बैठकले ए–६ आवासगृह करिब २० वर्षदेखि कार्यरत् उपप्राडा ललितकुमार लाल दासलाई दिने सिफारिस गरेको प्रगतिशील प्राध्यापक तथा राष्ट्रिय प्राध्यापक संगठन क्याम्पस एकाईं, बनविज्ञान अध्ययन संस्थान हेटौंडाले जनाएको छ ।
क्याम्पसबाट गठित विशेष कार्यदल संयोजक सप्रा रामायण पाठकको अध्यक्षतामा बसेको बैठकले वरिष्ठता तथा ज्येष्ठताका आधारमा आवासगृह बितरण गर्न सिफारिस भएको थियो । चौधरीलाई सचेत गराएर क्याम्पस प्रशासनलाई सहयोग गर्ने पत्र लेखिएको तथा क्याम्पस प्रमुखको अध्यक्षतामा बसेको जेठ १७ गतेको प्राध्यापक तथा कर्मचारी बैठकले अनुरोध गर्ने निर्णयबमोजिम जेठ २५ गते जिल्ला प्रशासन कार्यालयलाई समेत निर्देशनात्मक निर्णय दिन पत्र लेखिएको थियो ।
प्रमुख जिल्ला अधिकारीबाट यस सम्बन्धि कार्यान्वयन भइरहेको अवस्थामा साउन ४ गते त्रिवि शिक्षाध्यक्षको कार्यालय कीर्तिपुर, काठमाडौंबाट लेखिएको निर्देशनबमोजिम ए–६ आवासगृहलाई यथास्थितिमा राखी बाँकी त्रिवि नियमानुसार बितरण गर्ने पत्र आएको भन्दै प्राध्यापक संगठनहरुले भत्र्सना गरेका छन् ।
संगठनहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा बनविज्ञान अध्ययन संस्थानलाई शैक्षिक उन्नयनको हब, सुशासनको अनुभूति, चुस्त÷दुरुस्त व्यवस्थापन, दैनिक पठनपाठन तथा शिक्षक, कर्मचारी, विद्यार्थीको प्राज्ञिक हक हनन् भएको महसुस गर्दै सोमबारदेखि क्याम्पस प्रशासन, लेखा तथा स्टोरमा ताला लगाएर ए–६ आवासगृहमा बस्ने करार सेवाका शिक्षण सहायक चौधरीलाई नहटाइएसम्म आन्दोलन जारी रहने स्पष्ट पारिएको छ ।
यसबाट क्याम्पसमा पर्न गएको असुविधाप्रति प्राध्यापक संघ, कर्मचारी संघ÷संगठन, स्ववियु, विद्यार्थी संघ÷संगठन, नागरिक समाज, राजनीतिक दलहरु, मानव अधिकारवादी तथा सरोकारवालालाई ऐक्यवद्धता तथा समन्वयात्मक सहयोग गरिदिन आह्वान गरिएको छ ।











प्रतिक्रिया