सरकारी वार्ता टोली र डा. केसी पक्षबिचको वार्ता समाप्त


काठमाडा ।
सरकारी वार्ता टोली र अनसनरत डा. गोविन्द केसी पक्षबिचको वार्ता सकिएको छ । साझ ६ बजेदेखि चलेको वार्ता भर्खरै सकिएको छ । वार्ताटोलीका संयोजक एवं शिक्षा सचिव खगराज बरालले वार्ता सकरात्मक भएको बताउनुभएको छ । वार्ता टोलीका संयोजक बराल र अनसनरत डा केसी पक्षघरबिच भोली बिहान ९ बजेदेखि पुन वार्ता गर्ने गरी टुंगिएको छ । डा. केसीको तर्फबाट डा. अभिषेकराज सिंह र शिक्षा सचिव बरालबिच हस्ताक्षर भएर आजको वार्ता टुंगिएको छ । ्
शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ड अर्यालद्धारा जारी विज्ञप्तिमा दुवैपक्षविच सहमति भएको र बाकी सहमति भोलीहुनेगरी टुंगिएको विज्ञप्तिमा उल्लेख छ । २५ दिनदेखि अनशनरत डा. केसीको स्वाथ्य अवस्था जागुक बन्दै गएपछि सरकारले वार्ता शुरु गरेको थियो ।