डुबेर एक बालकको मृत्यु


लहान ।
गोलबजार नगरपालिका–८ मा आज दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

गोलबजार–८ स्थित शंकर सिंगानियाँको पोखरीमा डुबेर सोही नगरपालिका १० स्थित माइती घरमा आएकी कविता महतोको सात वर्षीय छोरा आयुष महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस