एकै दिन २ भूकम्प


काठमाडौं ।
मंगलबार एकै दिन दुई पटक भूकम्प गएको छ । धादिङ र सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ र ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहान साढे आठ बजे धादिङको गजुरी आसपास केन्द्र भएर ४ दशमलव ८ र साँझ ५ बजेर ४४ मिनेटमा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु वीचको इचोक आसपास केन्द्र भएर ४ दशमलव ३ भूकम्प गएको हो । दुवै भूकम्प ३ वर्ष अघिको गोरखा भूकम्पपछिको पराकम्प भएको केन्द्र प्रमुख लोक विजय अधिकारीले जानकारी दिनुभयो ।