प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न


नेपाल समाचारपच, काठमाडौँ ।

प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले आज कालिकोटस्थित श्री रणशुर गुल्म, जाजरकोटस्थित श्री ज्वालादल गण र रुपन्देहीको सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले उक्त गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरी सकल दर्जालाई सम्बोधन गर्नु भएको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षेत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको सिलसिलामा उहाँले हिजो श्रावन ७ गते बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नव निर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गर्नुको साथै बांके जिल्लामा तैनाथ श्री श्री मेहर गण, श्री नंं.४ बाहिनी अड्डा र डोटी जिल्लास्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको थियो ।