नख्खु कारागार ललितपुरमा कर्तब्य ज्यान मुद्दाको कैद भुक्तान गरिरहेका सुनारको मृत्यु विरुद्ध मुद्दा दर्ता


नेपाल समाचारपत्र, काठमाडौँ ।
नख्खु कारागार ललितपुरमा कर्तब्य ज्यान मुद्दाको कैद भुक्तान गरिरहेका भक्त बहादुर सुनारको मृत्यु भएको कर्तब्य ज्यान मुद्धाका मुख्य योजनाकार नख्खु कारागार थुनामा रहेका प्रतिवादी अभिषेक राज सिंह लगायत ३ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।

बर्दिया जिल्लाको साबिक ठाकुरद्धार गा।बि।स। ५ बस्ने बर्ष ३२ का सुनारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
मृतक सुनारले गृहमन्त्रीलाई सम्बोधन गरी कारागारको आन्तरिक प्रशासनमा हुने अनियमितता सम्बन्धमा लेखिएको पत्र फेला परेको र निजको उपचारको क्रममा बैशाख २२ गते अस्पतालमा मृत्यु भएको हुँदा घटना रहस्यमय देखिएकोले सो घटनाको छानबिनको लागी कारागार ब्यबस्थापन बिभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको थियो ।

उक्त समितिले छानबिन पश्चात घटना गम्भिर प्रकृतिको भएको र कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान केन्द्रिय अनुसन्धान ब्युरो बाट हुनुपर्ने भनि राय सहितको प्रतिबेदन गृहमन्त्री समक्ष पेश गरे पछि गृहमन्त्रीको निर्देशन अनुसार यस ब्युरोबाट अनुसन्धान शुरु भएको हो ।
ललितपुर परिसरमा दर्ता भएको मुद्धाको सक्कल मिसिल यस ब्युरोमा झिकाई अनुसन्धान पछि ३ जना प्रतिबादीहरुलाई कर्तब्य ज्यान मुद्धामा राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको छ ।

प्रतिबादीहरुको मुख्य योजनाकार बाँके जिल्ला साविक नेपालगंञ्ज नगरपालिका वडा नं। २ हाल नेपालगञ्ज उप.मन.पा. वडा नं। ४ बाग्येश्वरीमा बस्ने वर्ष ४० को अभिषेक राज सिंहलाई भक्तपुर जिल्ला अदालतबाट ३५ बर्ष, सुर्खेत र जनकपुर जिल्ला अदालतबाट २० र २० बर्ष सजायँ तोकिएको छ । त्यस्तै सहयोगीहरुमा रहेका सप्तरी जिल्ला बैरवा गा।बि।स।वडा नं। ८ हालको बैरवा गाउपालिका वडा नं। ८ मा बस्ने बर्ष ३५ का मनोज कुमार चौरसियालाई बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको बाणिज्य ईजलाशको आदेशले ५ बर्ष कैद रु। २८ करोड जरिवाना तोमिएको छ भने दोलखा जिल्ला बैतेश्वर गाउपालिका वडा नं। ६ मा बस्ने वर्ष ३० का ध्रुबकृष्ण शर्मालाई २०७२ साल कार्तिक १६ गेते भएको चोरी मुद्धामा ललितपुर जिल्ला अदालतको आदेशले ४५ दिन कैद र रु। २ लाख ४० हजार जरिवाना हुने फैसला भई २०७३।१०।१७ मा छुटेको खुलाशा गरेको छ ।