हरकसिहं धामी, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटाका रानाथारु म्हिलाहरुले साउने डोला खेली तिज मनाएका छन । रानाथारु समुदायका महिलाले आफनो दाजुभाई र भतिजाको उमेर बृद्धिको कामना र घरमा सुख सान्ति हुने बिश्वासका साथ ब्रत बसेर तिज मनाउने गरेका हुन ।
ब्रत बसेका महिलाहरु तिजमा पिङको डोला बनाएर खेल्ने र साझ पख नजिकैको खोलामा गएर पुजा गरी खोला छेउमै बसेर खाना खाने चलन रहेको स्थानीय महिला बबिता रानाले बताउनुभयो । रानाथारु समुदायले प्रत्येक वर्ष तीज मनाउछन् भने गत ३९ साल देखी बन्द गरिएको डोला खेल्ने परम्परा भने अहिले आएर खेलेको भीनपा १९ का वडा सदस्य साहेवा रानाले बताउनुभयो । युवा पुस्ताहरु माझ रानाथारु परम्परा लोप हुन थाले पछि हामीहरुले फेरी डोला खेल्ने परम्परा सुरु गरेको वडा सदस्य रानाले बताउनुभयो ।
सामुहिक रुपमा खोला छेउमा पुजा गर्दा घासको पुत्ला बनाउने र आफैले घरबाट पकाएको सब्जी, सिम,ै पापड र खिर आदी लगेर चढाउने गरिन्छ । पुजा गरि सके पछि सबै मिलेर खोला छेउमै खाना खाने गर्छन । नयाँ पुस्ताले आप्नो पुखै देखि चली आएको परम्परा भुल्दै गएको कारण लोप हुदै गएको भन्दै रानाथारु समुदायका अगुवाहरु चिन्तीत बनेका छन ।











प्रतिक्रिया