धादिङको गजुरी केन्द्रबिन्दु भएर ४.८ रेक्टरको भुकम्प

0
Shares

काठमाडौं । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज विहान ८ः३० बजे ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
भुकम्पका कारण गजुरी आसपास, मलेखु, नौबिसे तथा काठमाडौंको पश्चिम क्षेत्रमा समेत धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आजको भूकम्पलाई २०७२ बैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पको परकम्प भएको जनाएको छ ।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएकोथियो भने गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रेक्टरको परकम्पभएको थियो ।